२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : रसुवामा मदिरा बिक्री वितरणको समय सीमा निर्धारण

अ+ अ-

रसुवा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई केन्द्रित गरी नेपाल प्रहरीले मदिरा बिक्री वितरणका लागि समय सीमा तोकेको छ ।

मादक पदार्थ सेवन गर्ने व्यक्तिबाट बढी होहल्ला हुने एवं झैँ झगडाको सम्भावना बढ्न सक्ने विगतका घटनाक्रमले देखाएका कारण इजाजत प्राप्त व्यक्तिले मात्र मदिरा बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाइएको छ । यसका लागि अनुगमन कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख कुलदिप चन्दका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि प्रत्येक दिन अपराह्न ४ बजे पछाडि कुनै पनि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न अनुरोध गरिएको हो ।

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै नागरिकको साझा दायित्व भएकाले प्रहरीको कदमलाई यहाँका व्यापारी व्यवसायीले पूर्णरूपमा सहयोग गर्नेमा प्रहरी आशावादी भएको बताइएको छ ।

मदिरा बिक्री गर्ने होटल साँझ ७ बजेदेखि बन्द गर्न नेपाल प्रहरीले व्यवसायीलाई अनुरोध गरे पश्चात् निर्देशन कार्यान्वयन हुन थालेको यहाँका व्यवसायीले बताएका छन् ।

रसुवागढी नाका, पर्यटकीय क्षेत्र एवं चिसो स्थान भएका कारण बढी मात्रामा खपत हुने मदिरा नियन्त्रणका लागि नेपाल प्रहरीले चालेको कदम स्वागत योग्य भएको विश्लेषकले बताएका छन् ।

स्थानीय तह निर्वाचन रसुवामा मदिरा बिक्री वितरणको समय सीमा निर्धारण

प्रतिक्रिया दिनुहोस