२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावले बढायो चहलपहल

अ+ अ-

चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् ।

यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा निर्वाचनको समयमा खर्च बढी हुने गरेको छ । स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि सहरका ठूला होटल रेष्टुराँमा पनि यसको प्रभाव देखिन थालेको हो ।

जिल्लाका पर्यटन व्यवसायीसमेत रहेका उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडी निर्वाचनको चहलपहल सुरु भएको बताउँछन् ।

उनले भने, ‘ऋण धन गरेर पनि उम्मेदवारले खर्च गर्ने हुँदा यसले बजार व्यवसायलाई चलायमान बनाउँछ ।’ बैङ्क र वित्तीय क्षेत्रभन्दा बाहिर रहेका नगद रकमसमेत निर्वाचनमा आउने अनुमान रहेको उनको भनाई छ । उनले थपे, ‘यसको नतिजा निर्वाचनपछि देखिन्छ ।’ होटल रेष्टुराँमा ग्राहक थपिएका दुवाडी बताउँछन् ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुन थालेको बताए। बजारको चहलपहल कम भएकोमा क्रमशः बढ्दै गएको उनी बताउँछन् । होटल रेष्टुराँको व्यापार बढेसँगै यसको प्रत्यक्ष प्रभाव उत्पादन क्षेत्रमा पर्ने श्रेष्ठको भनाइ रहेको छ ।

उनले भने, ‘निर्वाचनको समयमा पैसा बजारमा आउँदै गर्दा समग्र अर्थतन्त्रमा यसको लाभ पुग्छ ।’ विगतका निर्वाचनमा पनि चलायमान हुने गरेको भन्दै उनले चुनावको मिति नजिकिँदै गर्दा बजार थप चलायमान बन्ने बताए ।

देशभरबाट हेरिएको निर्वाचन भएकाले भरतपुरमा चुनावी चहलपहल बढी हुने अनुमान रहेको छ । रेष्टुराँ एन्ड बार एसोसिएसन चितवनका अध्यक्ष अच्युत भट्टले साना रेष्टुराँको व्यापार राम्रो हुन थालेको बताए । गाउँ गाउँमा रहेका साना रेष्टुराँमा पनि चहलपहल बढेको छ ।

भट्टले भने, ‘ठूला होटल रेष्टुराँमा पनि व्यवसाय बढ्ने अनुमान हाम्रो रहेको छ ।’ एसोसिएसनकी उपाध्यक्ष अनुशा पाठकले आशातित् व्यापार भई नसके पनि सङ्केत राम्रो भएको बताइन् । सुनसानजस्तै भएकोमा क्रमशः मानिसको चहलपहल बढ्न थालेको पाठकको भनाइ छ ।

बजार चलायमान हुँदै गर्दा कुखुराजन्य उत्पादनको माग बढ्न थालेको छ । मुख्यरुपमा अण्डा र मासुको माग बढेको व्यवसायीले बताएका छन् । पोल्ट्री व्यवसायी शङ्कर कँडेलको भनाइमा अण्डा र मासुको माग बढेको छ ।

बीचको समयमा कुखुराजन्य पदार्थको माग घट्दा मूल्यमा कमी आएको थियो । अब क्रमशः पूर्ववत् अवस्थामा अण्डाको मूल्य फर्कने अवस्थामा रहेको छ ।

बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको व्यवसायीले बताएका छन् । अण्डा उत्पादक कृषक मदन पोख्रेलले यसअघि प्रतिक्रेट रु ३३० मा बिक्री हुँदै आएको अण्डा आजदेखि रु ३८० मा बिक्री हुन थालेको बताए।

अण्डा दिए पछि बिक्री गर्ने माउ कुखुरा प्रतिकिलो रु ११० बाट रु १५० पुगेको छ । बजारमा कुखुराको मासुको अभाव हुन थालेको व्यवसायी बताउँछन् । बीचको समयमा बर्डफ्लुका कारण कुखुरा मरेपछि यसको प्रभाव बजारमा देखिन थालेको हो । माग बढी र उत्पादन कमी हुँदा समस्या देखिएको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस