२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधिबारे खास निर्णय गर्छौँ : गृहमन्त्री खाँण

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कायम ३० वर्षे सेवा अवधिबारे छलफल गर्ने बताएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीलाई बिदाइ गर्न गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनले ३० वर्षे सेवा अवधिबारे छलफल थालिएको बताएका हुन् ।

गृहमन्त्री खाँणले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सेवा प्रवेश र अवकाशका ब्यारेल नराख्ने तयारीमा सरकार रहेको छ ।’ यस विषयमा प्रारम्भिक छलफल थालिएको उनले बताए ।

मन्त्री खाँणले दुवै सुरक्षा फौजमा सेवा अवधिका लामो समयदेखि असीमित क्षमता हुँदाहुँदै पनि ठुलो संख्यामा प्रहरी अधिकृतहरुलाई बिदा गर्न परिरहेको बताउँदै उनले भने, ‘उमेरको हदबन्दीलाई मिलान गर्ने, पदीय समायोजनको कुरालाई पनि मिलान गर्ने गर्दा ३० वर्षलाई नराख्दा हुन्छ भन्ने छ ।’

प्रहरी नेतृत्वमा पुग्न लागेकाले ३० वर्षे सेवा अवधि लाग्नु हुँदैन भन्ने गरेको बताउँदै उनले संस्थालाई हित हुने र कसैलाई पनि नकारात्मक प्रभाव नपर्ने गरी निर्णय गर्नेबारे छलफल गरिरहेको बताए ।

सरकारको चाहना उमेर हदलाई पहिल्यै मिलान गर्ने रहे पनि लामो समयसम्म सङ्गठनलाई व्यवस्थित राख्न नसकेको र निर्वाचनको मुखमा नीतिगत निर्णय नगरौँ भन्ने सल्लाहका कारण तत्कालका लागि रोकिएको गृहमन्त्री खाँणले बताए ।

‘चाहना त पहिल्यै नै मिलान गरिदिऊँ भन्ने थियो तर, अहिले लामो समयसम्म संस्थालाई हामीले व्यवस्थितरूपमा चलाउन पनि सकिएन, निर्वाचन पनि आइसकेका कारणले निर्वाचनको सम्मुखमा नीतिगत यस्ता ठूला निर्णयहरू नगरौँ भन्ने हिसाबले रहेको छ,’ गृहमन्त्री खाँणले भने, ‘उपयुक्त समयमा यो विषयमा हामीले खास निर्णय गर्नेछौँ ।’

उनले प्रहरी र सशस्त्रले सीमित स्रोत र साधनलाई उपयोग गरेर असीमित भूमिका र कार्य गरेको बताए । त्यसका लागि उनले अवकाश भएर जान लागेका दुवै महानिरीक्षकहरूलाई सरकारका तर्फबाट धन्यवाद व्यक्त गरे।

सीमा सुरक्षा, नागरिकको जीवन रक्षा र राष्ट्रमा हुने विभिन्न अवाञ्छनीय गतिविधि र आपराधिक घटनाको रोकथाम र प्राकृतिक विपद्का वेलामा कठिन समयमा साहसजन्य काम दुवै प्रहरी सङ्गठनले सीमित स्रोत र साधनको प्रयोग गरेर गरेका छन्,’ गृहमन्त्री खाँणले भने ।

गृहमन्त्री खाँणले नेपाल प्रहरीका महानिरीक्षक थापा आफ्ना कारणले कहिल्यै पनि विवादमा नआएको बताए । ‘नेपाल प्रहरीमा शैलेश थापाले ज्यादै नै सफलताका साथ आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ,’ उनले भने, ‘हाम्रो कारणले कहिलेकाहीँ विवादमा आउनु भयो होला, तर आफ्नो कार्यक्षेत्र, अधिकार र निर्णयका कारणले कुनै पनि विवादमा आउनुभएन ।’

गृहमन्त्री खाँणले मन्त्रालयको भूमिकाका हिसाबले भन्दा थापाले शतप्रतिशत नम्बर प्राप्त गरेको बताए ।

प्रतिक्रिया दिनुहोस