२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन भण्डारीलाई विश्वास गर्ने भए भण्डारीकै विचार र संस्कार सिक्न ओलीलाई शर्माको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मदन भण्डारी नामक किताब पढ्न आग्रह गरेका छन् ।

काँग्रेस नेताहरूप्रति लक्षित गर्दै ओलीले ‘पागल’ भनेपछि महामन्त्री शर्माले उक्त किताब पढेर संस्कार सिक्न आग्रह गरे।

राजधानीमा आयोजित कार्यक्रममा उनले भने,‘मेरै जिल्लावासी, जो बालकोटमा बस्नुहुन्छ। यो देशको प्रधानमन्त्री भइसक्नुभएको छ। उहाँले विपक्षीप्रति गर्ने टिप्पणी, आफ्नै पार्टीको विपीक्षहरुसँग गरेको व्यवहार, फरक विचार राख्नेसँग गरेको व्यवहार देखेर भन्न मन लाग्छ । उहाँले काँग्रेसबाट केही सिक्नु पर्दैन। मदन भण्डारी नामक पुस्तक पढ्नुभयो भने धेरै कुरा सिक्न सक्नुहुन्छ।’

उनले विपक्षी दलको रूपमा बोल्दै गर्दा वा प्रधानमन्त्रीको रूपमा बोल्दै गर्दा अर्को पार्टीको सभापतिको बारेमा भद्दा टिप्पणी गरेको आरोप लगाए। त्यसैले स्वच्छ ढङ्गले आलोचना, टिप्पणी र बहस गर्न उनले आग्रह गरे।

उनले जनताको बहुदलीय जनवाद भनेर मात्रै देश समृद्ध नबन्ने तर्क गरे। त्यसका लागि राजनीतिक संस्कार पनि हुनुपर्ने उनले बताए।

उनले भने, ‘त्यही भएर म आग्रह गर्न चाहन्छु, निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गरौँ। हामीबाट केही सिक्न पर्दैन, कम्तीमा मदन भण्डारीलाई विश्वास गर्नुहुन्छ भने मदन भण्डारीकै विचार र संस्कार सिक्न आग्रह गर्छु ।’

प्रतिक्रिया दिनुहोस