२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँलाई सुशासन दिलाउनु मेरो प्रमुख लक्ष्य हो : नेत्री सिंह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई सुशासन दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताएकी छन् ।

नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले २५ वर्षदेखि लथालिङ्ग अवस्थामा रहेको काठमाडौँ महानगरपालिकालाई सुव्यवस्थित गर्नका लागि आफूले नगरप्रमुख पदमा उम्मेदवारी दिएको बताइन् ।

‘काँग्रेस पार्टीले सार्वजनिक गरेको घोषणापत्र र मेरो प्रतिबद्धतापत्रलाई समावेश गरेर म जनताको घरदैलोमा पुग्छु, महिला अधिकार मेरो प्रमुख मुद्दा हुनेछ’, उनले भनिन् । काठमाडौँ महानगरभित्र आफू कसैको आमा, कसैको दिदी, कसैको भाउजू, कसैको बुहारी र कसैको सासू भएर काम गरेर देखाउने उनको भनाइ छ ।

नेत्री सिंहले विद्यार्थीकालमा आफूले राजनीति गरे पनि पछिल्लो समय राजनीतिक परिवारमा विवाह गरेपछि ससुरा गणेशमान सिंह, सासू मङ्गलादेवी सिंह र श्रीमान् प्रकाशमान सिंहको राजनीतिलाई सहयोग गर्दा आफू सक्रिय राजनीतिबाट पछाडि परेको उल्लेख गरिन् । ‘मैले राजनीतिमा पद लिइन, राजनीति गर्न छोडिन, अब पद लिनका लागि अगाडि बढेको छु, सारा काठमाडौँवासीले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’, उनले भनिन् ।

काँग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपालको मुटु काठमाडौँमा महिलाले नगरप्रमुखको उम्मेदवार पाउनु खुसीको कुरा भएको बताइन् । ‘राजनीतिक परिवारको व्यक्ति सिर्जनाले काठमाडौँ महानगरपालिकालाई राम्रो व्यवस्थापन गर्ने विश्वास लिएको छु’, उनले भनिन् ।

नेत्री देउवाले राजनीतिमा नातालाई भन्दा योग्यतालाई हेर्नुपर्ने बताइन् । काँग्रेस पार्टीले हरेक कुरामा छलफल र बहस गरेर निर्णय गर्ने बताउँदै पार्टीको साझा उम्मेदवार सिंह भएको भन्दै उनलाई जिताउनका लागि लाग्न काठमाडौँका जनतालाई उनले आग्रहसमेत गरिन् ।

काँग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले महानगरको मेयरजस्तो कार्यकारी पदमा महिलालाई उम्मेदवार बनाउनु सम्पूर्ण महिलाप्रतिको सम्मान भएको बताइन् । काठमाडौँ महानगरपालिकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले आफूले काठमाडौँमा सुरुदेखि महिला प्रमुख हुनुपर्छ भन्ने विचार राख्दै आएको बताउँदै आफ्नै पार्टीले महिलालाई टिकट दिएर राम्रो काम गरेको बताइन् ।

नेपाल महिला सङ्घ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनी, नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कल्याणी रिजाल, काँग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्यलगायतले काठमाडौँ महानगरपालिकाको मुहार फेर्नका लागि सिंहलाई विजय गराउनु आवश्यक रहेको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस