२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : बागलुङमा टुङ्गियो सत्ता साझेदार दलको बाँडफाँट

अ+ अ-

बलेवा । बागलुङमा सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो लगाएका छन् ।

सहमतिअनुसार नेपाली काँग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र) लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ ।

काँग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख तथा काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा साझा उम्मेदवारी दिने माओवादी केन्द्रकी केन्द्रीय सदस्य बलावती शर्माले बताए ।

माओवादी केन्द्रले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

त्यसै गरी राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने छ ।

बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा माओवादी केन्द्रले उपप्रमुखमा उम्मेदवारी दिने छ । निसीखोला गाउँपालिकाको उपाध्यक्ष पनि माओवादी केन्द्रको भागमा परेको छ ।

राष्ट्रिय जनमोर्चाले काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष पाएको छ । नेकपा एकीकृत समाजवादीले तमानखोला गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने शर्माले बताए ।

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रमुख पाएका सबै पालिकामा नेपाली काँग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको उनले जानकारी दिए ।

वडाध्यक्ष तथा वडा सदस्यको बाँडफाँट पनि भएको छ । जिल्ला समन्वय समितिसमेत बाँडफाँट गरेपछि गठबन्धनको बैठक निष्कर्षमा पुगेको हो ।

जिल्ला समन्वय समितिको प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेकपा एकीकृत समाजवादीले पाउने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस