२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले रोल्पाका दश वटै स्थानीय तहमा टुङ्ग्यायो उम्मेदवारी

अ+ अ-

रोल्पा । नेकपा एमाले रोल्पाले उम्मेदवारको टुङ्गो लगाएको छ ।

पार्टी जिल्ला कमिटी बैठकले दश वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको हो ।

जस अनुसार रोल्पा नगरपालिकाको नगरप्रमुखमा घनश्याम आचार्य सिफारिस भएका छन् । नगर उपप्रमुखमा कृष्णकुमारी गौतम सिफारिस भएकी छिन ।

सुनिलस्मृती गाउँपालिको अध्यक्षमा खिमचन्द्र पुन र उपाध्यक्षमा तारा सेन सिफारिस भएका छन् ।

लुंग्री गाउँपालिका अध्यक्षमा वीरवहादुर खड्का र उपाध्यक्षमा जुनकुमारी बस्नेत उम्मेदवार बन्ने छन् ।

सुनछहरी गाउँपालिकाको अध्यक्षमा जयप्रकाश वुढामगर, उपाध्यक्षमा पूर्माला खत्री, थवाङ गाउँपालिकाको अध्यक्षमा रविन्द्र रोकामगर र उपाध्यक्षमा शान्ति घर्तीमगर सिफारिस भएका छन् ।

परिवर्तन गाउँपालिकाको अध्यक्षमा गङ्गाराम वुढामगर सिफारिस भएका छन् । सो गाउँपालिकाको उपाध्यक्षमा सपना रोकामगर सिफारिस भएकी छिन ।

गङ्गादेव गाउँपालिकाको अध्यक्षमा रोशनकुमार वली र उपाध्यक्षमा निर्मला कुमारी वलीलाई पार्टीले यस अघि नै सिफारिस गरेको थियो ।

माडी गाउँपालिको अध्यक्षमा विजयकुमार घर्तीमगर र उपाध्यक्षमा अमृता घर्तीमगर सिफारिस भएका छन् ।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कर्ण वाँठामगर सिफारिस भएका छन् । सो गाउँपालिकामा उपाध्यक्षमा जानकी वुढामगर सिफारिस भएकी छिन ।

रुन्टीगढी गाउँपालिको अध्यक्षमा बालाराम वुढामगर र उपाध्यक्षमा हस्तमाली वाँठामगर सिफारिसमा भएका छन् ।

परिवर्तन गाउँपालिकाको अध्यक्षमा सिफारिस भएका गङ्गाराम वुढामगर र माडी गाउँपालिका अध्यक्षमा सिफारिस भएका विजयकुमार घर्तीमगर माओवादी केन्द्र छाडेर नेकपा एमालेमा समाहित भएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाका त्रिवेणी गाउँपालिका र परिवर्तन गाउँपालिकामा नेकपा एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस