२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सामग्री व्यवस्थापनमा जुट्यो निर्वाचन कार्यालय

अ+ अ-

दमौली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एउटा मतदान केन्द्रमा ५८ वटा निर्वाचन सामग्री प्रयोग हुने भएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय यति बेला सामग्री व्यवस्थापन गर्न जुटेको छ । निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने बाक्सा र कर्मचारी व्यवस्थापनको काम भइरहेको छ । ‘केही बाक्सा हामीसँग पहिल्यै छ, नपुग भएका बाक्सा निर्वाचन आयोगबाट आउँछ’, उनले भने, ‘अन्य सामग्री पनि व्यवस्थापन गरिरहेका छौँ ।’

निर्वाचन अधिकारी ढकालका अनुसार निर्वाचन सामग्री व्यवस्थापनसँगै कर्मचारी खटनपटनका लागि विवरण सङ्कलनको काम अन्तिम चरणमा पुगेको छ । ‘सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ, अब मतदान केन्द्र र सहायक मतदान अधिकृत तोकेर २७ गतेभित्र सम्बन्धित मतदान केन्द्रमा पठाइसक्छौँ’, उनले भने ।

जिल्लामा छ राष्ट्रिय र १७ क्रियाशील गरी कूल २३ राजनीतिक दलले निर्वाचनमा भाग लिनेछन् ।

मतदाता शिक्षा सञ्चालन नहुने

तनहुँमा यस पटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुने भएको छ । निर्वाचन आयोगको निर्णयबमोजिम जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुने भएको हो । तर मतदातालाई कसरी मत हाल्ने भन्नेबारेमा मतदान केन्द्रमा सिकाइने निर्वाचन अधिकारी ढकालले बताए ।

‘मतदान पूर्व नै मतदातालाई मतदान केन्द्रमा कसरी भोट हाल्ने भनेर सिकाउँछौँ’, उनले भने, ‘मत बदर हुन नदिन राजनीतिक दलले पनि मतदातालाई सिकाउनुपर्छ ।’ निर्वाचनका लागि यहाँ दुई हजार ३७६ जनशक्ति परिचालन हुँदै छन् । निर्वाचनका लागि तनहुँमा १३६ मतदान स्थल र २९७ मतदान केन्द्र निर्धारण भएको छ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक र २९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछन् ।

तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दै छन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यस पटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।

निर्वाचन कार्यालय तनहुँका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा २९७ मतदान केन्द्र कायम गरिएको छ । करिब एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम भएको निर्वाचन अधिकारी ढकालले जानकारी दिए । सबैभन्दा बढी व्यास नगरपालिकामा ५६ र सबैभन्दा कम देवघाट गाउँपालिकामा १५ मतदान केन्द्र कायम भएको छ ।

यसै गरी आँबुखैरेनी गाउँपालिकामा १७, ऋषिङ गाउँपालिकामा २५, घिरिङ गाउँपालिकामा १७, बन्दीपुर गाउँपालिकामा २१, भानु नगरपालिकामा ४९, भिमाद नगरपालिकामा ३१, म्याग्दे गाउँपालिकामा २०, शुक्ल गण्डकी नगरपालिकामा ४६ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस