२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक र सामाजिक विकासमा युवा उद्यमी लाग्नुपर्छ: मन्त्री भुसाल

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिएकी छन् ।

नेपाल युवा उद्यमी मञ्चले आज यहाँ आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा उद्यमीको संस्था ७५३ वटै स्थानीय तहमा विस्तार गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले भनिन्, ‘आयात निरुत्साहित र निर्यात प्रवर्द्धन गर्न उत्पादन विस्तार गर्नु छ । त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्छ ।’ मन्त्री भुसालले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै युवा पुस्तालाई सङ्गठित गरेर उद्यममा प्रेरित गर्नुपर्ने बताइन् ।

‘औद्योगिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता राखेर अगाडि बढ्नुपर्दछ’, मन्त्री भुसालले भनिन्, ‘आर्थिक र सामाजिक विकासमा युवा उद्यमी लाग्नुपर्छ ।’ परम्परागत पीतृसत्ताका कारण महिला पछि परेको उल्लेख गर्दै उनले महिला उद्यमीले शिक्षा, स्वास्थ्यमा मात्र नभई उद्यमशीलतामा अब्बल हुनुपर्ने बताइन् ।

मन्त्री भुसालले राजनीति, स्वाथ्य, शिक्षा र रोजगारका क्षेत्रमा महिला र पुरुषबिचमा समान अधिकार भएपछि मात्रै सबैले सबैसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको सिर्जना हुने बताउँदै महिलाले आफ्नो क्षमता विकास गरेर आर्थिक तथा सामाजिक अधिकार कार्यान्वयनमा ध्यान दिनुपर्ने उल्लेख गरिन् । कृषि उत्पादन विस्तार गर्नका लागि अनुसन्धान एवं प्रवर्द्धनमा लाग्न आग्रह गर्दै उनले भनिन्, ‘कृषि प्रधान देशले वर्षेनि तीन खर्ब बराबरको कृषिजन्य सामग्री आयात गर्नुपरेको छ, त्यसैले कृषि उत्पादन तथा उत्पादकत्व विस्तार गर्ने उद्योगलाई सरकारले सहयोग गर्छ ।’

मञ्चका अध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमशीलतामा जोड्नका लागि आफूहरू लागिपरेको उल्लेख गर्दै आगामी दिनमा देशभरका युवालाई सङ्गठित गरेर उद्यममा लाग्न प्रेरित गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस