काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन नसर्ने बताएका छन् ।
सोमबार पार्टी कार्यालय, पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचन सर्ने प्रयास अनुमान मात्र भएको बताएका छन् । उनले भने, निर्वाचन सुन्दैन । गठबन्धनमा निर्वाचन सार्नेबारे कुनै तर्क वितर्क भएको छैन । हामी निर्वाचनमा केन्द्रित भएर लागेका छौँ ।’
प्रचण्डले सरकार र सरकारमा रहेका कुनै पनि दल निर्वाचन सार्ने मनसायमा नरहेको बताए । उनले सत्तारुढ गठबन्धन सम्पूर्ण रूपले निर्वाचनमा होमिइसकेको पनि बताए ।