२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढिस्कोमा पुरिएर एक जनाको मृत्यु ,एक जना घाइते

अ+ अ-

पाँचथर । पाँचथरको फिदिममा घर निर्माण गर्न शिलान्यास गर्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

घटनामा पूर्व शिक्षक एवं माओवादी केन्द्रका नेता गोपाल प्रकाश ढुङ्गानाको मृत्यु भएको हो ।

ढुङ्गानालाई मदन पन्थाक परिवारले शिलान्यासका क्रममा पुजारीको रुपमा बोलाएको थियो ।

पहिरोले पुर्दा १० वर्षीया क्याट्रिना पन्थाक घाइते भएकी छन् । घाइतेलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पतालमा भर्ना गरिएको छ ।

आज (सोमबार) बिहान साढे आठ बजे छिमेकी पन्थाकको घर सम्याइएको घडेरीमा घर निर्माणका लागि शिलान्यास गर्ने क्रममा अर्का छिमेकी लेखनाथ खतिवडाको सेप्टिक ट्याङ्की फुटेर पहिरोको रुप लिँदै आएको ढुङ्गा र माटोले ढुङ्गानालाई पुरेको थियो ।

एक्स्काभेटर प्रयोग गरेर ढुङ्गानालाई बाहिर निकालिए पनि उनको त्यसअघि नै ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

६७ वर्षीय सेवा निवृत्त शिक्षक ढुङ्गाना सुखवोध मावि जोरसालका पूर्व प्रधानाध्यापक, एवं नेपाल शिक्षक सङ्घ जिल्ला कार्य समितिका पूर्व सभापति थिए ।

पछिल्लो समय माओवादी केन्द्रमा प्रवेश गरेका उनलाई सो पार्टीले प्रदेश सल्लाहकार परिषद् सदस्य एवं जिल्ला सदस्यको जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस