२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरमा एक पटक मौका दिन मिश्रकाे आग्रह

अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ महानगरपालिकामा एक पटक आफूहरूलाई मौका दिन आग्रह गरेका छन् ।

पार्टीले आयोजना गरेको काठमाडौँ महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले अरू दलहरुलाई पटक पटक मौका दिएको भन्दै आफूहरूलाई मौका दिन आग्रह गरेका हुन् ।

उनले भने, ‘एक पटक मौका दिनुस्, हामी गरेर देखाउँछौँ, अरूहरूलाई तपाईँहरूले दशकौँ दिँदा, फेरि फेरि मौका दिइराख्नुभएको छ । हामीले एक मौका खोजेका छौँ ।’

उनले एक पटक आफ्नो दलका उम्मेदवारको इमानदारी, परिपक्वता र क्षमताको परीक्षण गर्न काठमाडौँका मतदातालाई आग्रह गरे ।

मिश्रले भने, ‘उहाँहरूको इमानदारी, उहाँहरूको परिपक्वता, उहाँहरूले गर्न सक्ने क्षमताको परीक्षण गर्न सक्नुहुन्छ । गरेर देखाउन सकेनौँ भने यो लोकतन्त्र हो, अर्को पटक तपाईँहरू हामीलाई मौका नदिनुस् ।’ आफूहरूले अवसर पाएमा काठमाडौं महानगरको रूपान्तरण गर्ने बताए ।

विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार घोषणा गरेको छ ।

कार्यक्रममा विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरमा मेयरकी उम्मेदवार समीक्षा आफूले जितेमा काठमाडौं महानगरपालिकाको स्वरूप फेरिने बताएकी छन् । उनले आफूले जितेमा पद्धति, पारदर्शिता, इमानदारिता र उत्कृष्टताको जगमा टेकेर काम गर्ने बताइन् ।

उनले भनिन, ‘विवेकशील साझा पार्टीले पद्धति र पारदर्शिता इमानदारिता र उत्कृष्टताको जगमा टेकेर काम गर्छ, मेयर र उपमेयर पदमा हामी दुईलाई जिताएको खण्डमा काठमाडौंबासीले न्याय पाउनुहुन्छ ।’

मेयर र उपमेयर दुवै पदमा विवेकशील साझा पार्टीले महिला उम्मेदवार खडा गरेको भन्दै उनले सक्षम महिलालाई जिताउने वा नजिताउने काठमाडौं महानगरबासीलाई चुनौती भएको टिप्पणी गरिन् ।

प्रतिक्रिया दिनुहोस