२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजदूतमा सिफारिस भएकाहरुविरुद्ध उजुरी आह्वान

अ+ अ-

काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सरकारले राजदूतमा सिफारिस गरेका २० जनाको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

२४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले चीनसहित विभिन्न २० देशमा राजदूत सिफारिस गरेको थियो । सुनुवाइ समितिले शनिवार एक सूचना प्रकाशित गरी राजदूतमा सिफारिस व्यक्ति सो पदमा उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र सबुत प्रमाणसहित १२ वैशाखभित्र समितिमा उजुरी दिन भनेको छ ।

सूचना दिनेले नाम गोप्य राख्न पनि पाउने समितिले जनाएको छ । यो सूचना जिल्ला प्रशासन कार्यालय लगायत सम्भव भएसम्म अरू सरकारी कार्यालय र सार्वजनिक स्थलमा टाँस्ने व्यवस्था गर्न पनि समितिले प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ ।

२४ चैतको मन्त्रिपरिषद् बैठकले चीनका लागि विष्णु पुकार श्रेष्ठ, श्रीलङ्कामा वासुदेव मिश्र, दक्षिण अफ्रिकामा दानबहादुर तामाङ, स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासङ्घमा मिलनराज तुलाधर, मलेसियामा ठिल्लीराज पौडेल, इजरायलमा कान्ता रिजाल र साउदी अरेबियामा नवराज सुवेदीलाई राजदूत सिफारिस गरेको थियो ।

त्यस्तै अस्ट्रेलियामा कैलाशराज पोखरेल, कतारमा डा। नरेन्द्रबिक्रम ढकाल, दक्षिण कोरियामा ज्योति प्याकुरेल भण्डारी, डेनमार्कमा प्रा। डा। राम स्वार्थ राय, जापानमा दुर्गाबहादुर सुवेदी, ब्राजिलमा निर्मल राज काफ्ले, इजिप्टमा सुशील कुमार लम्साल राजदूत सिफारिस भएका छन् ।

राजदूत सिफारिस हुने अन्यमा संयुक्त राष्ट्र सङ्घको कार्यालय भियानामा भरतकुमार रेग्मी बहराइनमा तीर्थराज वाग्ले, बङ्गलादेशमा घनश्याम भण्डारी, म्यानमारमा हरिशचन्द्र घिमिरे र ओमानमा डोरनाथ अर्याल रहेका छन् ।

संसदीय सुनुवाइपछि नाम अनुमोदन भएमा उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस