२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रचण्डको अपिल

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गरेका छन् ।

नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न आग्रह गरे ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनका क्रममा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री दाहालले सङ्घीयतालाई जनताको घरदैलोसम्म पुर्‍याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनीतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको बताएका छन् ।

देश, लोकतन्त्र र संविधानविरुद्ध देखा परेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको उल्लेख गर्दै अध्यक्ष दाहालले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति तथा समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई अभिमत प्रकट गर्न आग्रह गरे ।

अध्यक्ष दाहालले नयाँ वर्षले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादको यात्रामा अग्रसर हुन नयाँ वर्षले प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् ।

उनले नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको भावना विकास गराउने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस