ब्राउन सुगरसहित बाँकेमा एक जना पक्राउ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ब्राउन सुगरसहित बाँकेमा एक जना पक्राउ


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । बाँकेमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका-१२ का ३० वर्षीय मुन्ना भन्ने जगत केसीलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मंगलबार कोहलपुर नगरपालिका रोहिनी खोलास्थित सडक खण्डमा ब्राउन सुगर कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले केसीलाई पक्राउ गरेको हो ।

प्रहरीले चेक गर्ने क्रममा केसीको साथबाट ८० ग्राम ब्राउन सुगर फेला पारेको हो ।

प्रहरीले उनलाई भे १२ प। २९० नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस