कङ्गोबाट आइपुग्यो अनिल गुरुङको शव « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कङ्गोबाट आइपुग्यो अनिल गुरुङको शव


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । कङ्गो अपरेसनमा ज्यान गुमाएका सैनिक अनिल गुरुङको शव नेपाल ल्याइएको छ ।

उनको शव हिजो (मंगलबार) कङ्गोबाट फिर्ता ल्याइएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

चैत २२ गते कङ्गोमा सञ्चालन भएको अपरेसन बालीको क्रममा विद्रोहीको फायरबाट घाइते भएका गुरुङको बुनियाँस्थित अस्पतालको उपचारको क्रममा मृत्यु भएको थियो ।

गुरुङको शव नेपाल ल्याएर छाउनीस्थित वीरेन्द्र अस्पतालमा बुधबार बिहान प्रधानसेनापति प्रभुराम शर्माले श्रद्धाञ्जली अर्पण गरेका थिए। उनलाई सेनापति शर्माले पार्थिव शरीरमा नेपाली सेनाको झन्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

गुरुङको शवलाई बुधबार नै नेपाली सेनाको हेलिकप्टरबाट उनको गृह जिल्ला सुर्खेत लगेर परिवारलाई हस्तान्तरण गरिने नेपाली सेनाले जनाएको छ ।

त्यहाँ तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिनेछ ।

सम्बन्धित समाचार : कङ्गोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले गरेको आक्रमणमा एक सैनिक घाइते

सम्बन्धित समाचार : कङ्गोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु

सम्बन्धित समाचार : कङ्गोमा ज्यान गुमाएका नेपाली सैनिकको परिचय खुल्यो

Tags :
प्रतिक्रिया दिनुहोस