२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई श्रीलङ्का बनाउने रहर पूरा हुँदैन : अर्थमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलङ्काको आर्थिक अवस्था तुलना हुन नसक्ने बताएका छन् ।

नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कतिपयलाई नेपाललाई श्रीलङ्का बनाउने रहर समेत रहेको जिकिर गरे ।

उनले भने ‘कतिपयलाई रहर छ, नेपाललाई श्रीलङ्का बनाउने । तिनको सपना पूरा हुँदैन । तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतङ्कित पार्ने काम एक थरीहरूले गरिरहेका छन् ।’

उनले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताए । मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उनको भनाइ छ । उनले भने ‘अर्थतन्त्रमा समस्या छन्, हामीले पनि भनिरहेका छौँ । श्रीलङ्कासँग तुलना गर्दै जनतालाई आतङ्कित गर्नेहरूलाई म अपिल गर्न चाहन्छु कि यस्तो प्रचारको अन्त्य गरौँ, हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरू केके हुन् त्यसमा बहस गरौँ ।’

शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बिचको युद्धका कारण थप समस्या आएको बताए । उनले दुई देशबिचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव परेको उल्लेख गरे । अत्यधिक पेट्रोलियम पदार्थको आयात, अनावश्यक विलासिताका वस्तु आयात, चाहिने भन्दा बढी गाडी आयात भएकाले अर्थतन्त्रमा समस्या आएको उनको भनाइ छ ।

अहिलेको डलर सञ्चिति साढे ६ महिनालाई पुग्ने रहेकाले यो भन्दा तल नझरोस् भनेर सतर्क हुनुपर्ने अवस्था रहेको उनले बताए । उनले भने ‘हाम्रा आलुहरू दूर दराजमा त्यतिकै फालिएका छन् । तिनलाई बजारमा पुर्‍याउने सोच बनाएनौँ । त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौँ । आलु बाहिरबाट ल्याउन प्रोत्साहन दियौँ । हाम्रो प्याजलाई राख्ने स्टोर बनाउन सकेनौँ । दुई महिनामा साग रोप्दा खान तयार हुन्छ तर बाहिरबाट ल्याउन थालेका छौँ । हाम्रा नीतिमा कतै कमजोरी भयो ।’

राष्ट्र बैङ्क अर्थ मन्त्रालयको सल्लाहकार रहेको बताउँदै उनले आफूले नबुझेको कुरा पनि राष्ट्र बैङ्कसँग सोध्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस