२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणले माग्यो निगमसँग स्पष्टीकरण : प्रधानमन्त्री चढेको विमानमा अमर्यादित क्रियाकलाप किन भयो ?

अ+ अ-

काठमाडौँ । भारत भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवा सवार विमानमा पत्रकार ऋषि धमलाले गरेको अमर्यादित व्यवहारबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइतबार दिल्लीबाट काठमाडौँ फर्किने क्रममा पत्रकार धमलाले वायु यान तथा हवाई यातायातको सुरक्षामा असर पर्ने गरी अमर्यादित क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकाले घटनाको जानकारीसहित यथार्थ विवरण पेस गर्न हिजो (बुधबार) निगमका कार्यकारी अधिकृत युवराज अधिकारीलाई पत्र पठाएका हुन् ।

‘३ दिने भारत भ्रमण सम्पन्न गरी निगमको विमानमा स्वदेश फिर्ता हुने क्रममा प्रधानमन्त्रीज्यू सवार विमानभित्र वायु यान तथा हवाई यातायातको सुरक्षामा असर पर्ने गरी केही अवाञ्छित क्रियाकलापसँग सम्बन्धित अडियो/भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको देखिएकाले सो सम्बन्धमा के भएको हो ? घटनाको यथार्थ विवरणसहितको जानकारी प्राधिकरणमा यथाशीघ्र पेस गर्नु,’ प्राधिकरणले लेखेको पत्रमा उल्लेख छ ।

यसैबीच उक्त उडानकी प्रमुख एयरहोस्टेसले पनि बुधबार निगमको कार्यकारी अध्यक्ष मातहत रहने कर्पोरेट सेफ्टी र क्याबिन क्रू डिभिजन प्रमुखलाई पत्रकार धमलाले कर्मचारीहरुलाई दुर्व्यवहार गरेको लिखित जानकारी दर्ता गराएकी छन् । भिभिआइपी उडानमा आफूलाई अपरेसन विभाग प्रमुख क्याप्टेन रवीन्द्रकुमार शेरचन र कार्यकारी अध्यक्षले प्रधानमन्त्री रहेको बिजनेस श्रेणीतर्फको सुरक्षालाई प्राथमिकता दिन निर्देशन दिँदै ‘कुनै पनि हालतमा कसैलाई बिजनेस श्रेणीमा जान नदिन’ भनिएको तर सञ्चारकर्मी धमलाले ‘पत्रकारको हैसियत’ को दुरुपयोग गरेको जनाएकी छन् ।

उनले त्यहाँ पत्रकार धमलाले चर्को स्वरमा बोलेको, कर्मचारीलाई दुर्व्यवहार गरेको, धकेलेको र काममा बाधा पुर्‍याएको उल्लेख गरेकी छन् । उनले क्याबिन क्रूको कर्तव्य पालनामा धमलाले गरेको अनुपयुक्त क्रियाकलापले चालक दलका सदस्यको मात्र नभई निगमकै प्रतिष्ठामा पनि असर परेको उल्लेख गरेकी छन् ।

यसैबीच नेपालका घरेलु वायुसेवाहरुको संस्था वायुसेवा सञ्चालक सङ्घले पनि बुधबार विज्ञप्तिमार्फत भिभिआइपी उडान सुरक्षा प्रोटोकलको उल्लङ्घन भएकोमा चिन्ता प्रकट गरेको छ । सङ्घले प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनहरुले बनाएका सिद्धान्तहरुको प्रतिकूल उक्त उडानमा भएको गतिविधि नागरिक उड्डयन सुरक्षा नियमावलीविरुद्ध भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस