एक सय असी जनालाई जग्गाधनी लालपुर्जा वितरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एक सय असी जनालाई जग्गाधनी लालपुर्जा वितरण


२३ चैत्र २०७८, बुधबार


चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाका १८० जनालाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ । नगरको २, ३ र ५ नं वडामा रहेका पाँच गाउँ ब्लकका बासिन्दालाई लालपुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कैलाशनाथ पाण्डेले बताए । लामो समयपछि लालपुर्जा पाएकामा समस्यामा रहेका गाउँ ब्लकका बासिन्दा खुसी भएका छन् ।

लालपुर्जा वितरण गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले नापी भएर पनि लामो समयदेखि लालपुर्जा नपाएका जग्गाधनीलाई पुर्जा वितरण गरिएको बताए । शिवराजका अन्य वडाहरूमा पनि गाउँ ब्लक रहेको र निरन्तर लालपुर्जा वितरण गरिने उनले जानकारी दिए । लालपुर्जा पाएका नागरिक स्थायी बासिन्दाका रूपमा रहेकाले अब सरकार तथा अन्य निकायले प्रदान गर्ने सेवा तथा सुविधा पनि पाउने नगरप्रमुख अधिकारीले बताए । उनले २०२६ देखि नाप जाँच सुरु भए पनि लालपुर्जा वितरणको काम भर्खरै सुरु भएको नगरभरका यो समस्यालाई समाधान गर्न आग्रह गरे ।

नगर उपप्रमुख शिवकुमारी थारूले वर्षौँदेखि लालपुर्जा माग गर्दै आएका नागरिकले पुर्जा पाएको बताए । कपिलवस्तुमा २०२६ सालदेखि सुरु भएको गाउँ ब्लक जग्गा २०२८ मा सामान्य नापी भएको थियो । हालसम्म जिल्लाका साबिक ८१ गाविसमा एक हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक छ । उक्त नगरपालिका–३ बलुहवाका विश्वनाथ थारू लालपुर्जा पाएपछि खुसी हुँदै भने, ‘लालपुर्जा पाउने आस मरेको भए पनि अहिले पाउँदा खुसी लागेको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस