ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ ।

लामा टोलका स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्किएको हो ।

ग्याँस पड्केपछि घरमा आगलागी हुँदा उनकी छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङकी साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको वडाध्यक्ष सुरज लामाले जानकारी दिए ।

आगोमा जलेर उनीहरूको घर भित्रै मृत्यु भएको तामाङले बताए । मीनबहादुर पनि घाइते भएको र उनलाई उपचारको लागि अस्पताल लगिएको छ ।

घटना आज बेलुकी ७ बजेतिर भएको स्थानीयले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस