२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पद धरापमा

अ+ अ-

काठमाडौँ । संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ।

अविश्वासको प्रस्तावमा मतदान हुनुअघि एउटा सत्तारूढ घटकले विपक्षी समूहलाई सघाउने निर्णय गरेपछि खानको पद धरापमा परेको टाइम्स अफ इन्डियाले जनाएको छ।

३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छन्। बुधबार सत्तारूढ मुत्ताहिद्दा क्वामी मुभमेन्ट-पाकिस्तानले विपक्षीलाई साथ दिने निर्णय गरेपछि अब सत्तारूढ गठबन्धनसँग १६४ सांसद मात्रै बाँकी रहेका छन्।

विपक्षीहरूसँग १७७ सांसद पुगेका छन्। खानको आफ्नै पार्टीभित्र पनि विवाद छ। उनलाई समर्थन नगर्ने सांसदको सङ्ख्या २५ देखि ४० जना रहेको बताइन्छ। पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल चलाउन पाएका छैनन्।

पूर्व क्रिकेटर खान प्रधानमन्त्री भएको चार वर्ष भएको छ। उनीविरूद्ध यसअघि पनि अविश्वासको प्रस्ताव आएको थियो। त्यति बेला उनले सत्ता जोगाएका थिए। अब अप्रिल पहिलो साता अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको छ। यसपालि पद जोगाउन खानलाई मुस्किल पर्ने देखिन्छ।

यसअघि खानले आफ्नो सरकार ढाल्न विदेशीहरूले पैसा दिएको आरोप लगाएका थिए। अल्पमतमा परे पनि खानले राजीनामा नदिने सञ्चार मन्त्री फवाद चौधरीले बताएका छन्। प्रधानमन्त्री “अन्तिम बलसम्म लड्नु हुनेछ, चौधरीले ट्वीट गर्दै भनेका छन्।

प्रतिक्रिया दिनुहोस