चुनढुङ्गा उत्खनन सम्बन्धी भ्रष्टाचार मुद्दामा तीन कर्मचारी साधारण तारिखमा रिहा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चुनढुङ्गा उत्खनन सम्बन्धी भ्रष्टाचार मुद्दामा तीन कर्मचारी साधारण तारिखमा रिहा


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ। सिमेन्ट उद्योग सञ्चालनका लागि भएको चुनढुङ्गा उत्खनन सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तीन कर्मचारीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।

सरकारी वकिल चन्द्रकुमार पोखरेल, लेखा अधिकृत श्रीभद्र गौतम र भूगर्भविद् शौनक भण्डारीलाई साधारण तारिखमा रिहा गरेको हो ।

विशेष अदालतका सदस्यहरू रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनीहरूलाई नियमित तारिखमा उपस्थित हुने गरी धरौटी नमागी रिहा गरेको हो ।

विशेष अदालतले मारुती सिमेन्टसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस