छात्रालाई विद्यालय जान दिन तालिबान सरकारसँग युरोपेली सङ्घको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

छात्रालाई विद्यालय जान दिन तालिबान सरकारसँग युरोपेली सङ्घको माग


१५ चैत्र २०७८, मंगलबार


ब्रसेल्स । छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली सङ्घले अफगानिस्तानको तालिबान सरकारसँग माग गरेको छ ।

महिलालाई विद्यालय जान दिने तालिबान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि सङ्घले गरेको छ ।

तालिबान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेकोमा निर्णय कार्यान्वयन हुनु केही घण्टा अगाडि निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको थियो ।

छात्रालाई विद्यालय जान दिने तालिबान सरकारको निर्णयबाट खुसी भएकाहरू अहिले निराश भएका छन् ।

उनीहरूले निर्णय कार्यान्वयन गर्न माग गर्दै विद्यालय जान पाउनु महिलाको आधारभूत अधिकार भएकाले मानवअधिकार नखोस्न आग्रह गरेका छन् ।

अफगानिस्तानमा तत्कालीन विद्रोहीले सत्ता कब्जा गरेदेखि नै महिलालाई विद्यालय, रोजगारी र सार्वजनिक स्थलमा जान नदिने नीति लिएको छ ।

तालिबान सरकारले आधारभूत मानवअधिकार पनि खोसेको भन्दै विश्वका धेरै देशले सहयोग रोक्का गर्दै सहकार्यका लागि आशङ्का व्यक्त गर्दै आएका छन् ।

उनीहरूले मानवअधिकार र लोकतान्त्रिक पद्धतिको सम्मान गरेमा मात्रै सहकार्य हुन सक्ने र सहयोग प्रदान गर्न सकिने अडान राख्दै आएका छन् ।

अन्तर्राष्ट्रिय समुदायको चासो र अडानप्रति तालिबान सरकारका उच्च अधिकारीहरूले सहमति जनाउने गरेका छन् ।

उनीहरूले आधारभूत मानवअधिकार नखोसिने र अन्तर्राष्ट्रिय समुदायको चासोको सम्बोधन गरिने प्रतिबद्धता पनि जनाउने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस