२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल दुर्घटना हुँदा चार बालकको मृत्यु, एक किशोर गम्भीर

अ+ अ-

काठमाडौँ । धनुषाको सबैला नगरपालिकामा १५ वर्षीय बालकले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार चार बालकको मृत्यु भएको छ ।

एक किशोरको अवस्था गम्भीर छ । सबैला– १२ रघुनाथपुरमा सोमबार राति सवा ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक १५ वर्षीय राहुल यादवसहित मोटरसाइकलमा सवार १२ वर्षका लक्ष्मी यादव, सुमित यादव र बौका यादवको मृत्यु भएको हो ।

गम्भीर घाइते १९ वर्षीय सुरेन्द्र यादवको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै सबैला– २ का हुन् ।

इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार लुइँटेलका अनुसार घटनास्थलमा प्रहरी पुग्दा ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त र पाँच जना गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।

तत्काल प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चार बालकलाई चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए । ‘घटना कसरी भयो, मोटरसाइकल ठोकिएको हो वा कुनै सवारी साधनले ठक्कर दिएर फरार भएको हो भन्ने खुलेको छैन,’ उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस