काठमाडौं । नेपाल नर्सिङ परिषद्ले नर्सिङतर्फको २९औँ मिडवाइफरीतर्फको छैटौँ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
परिषद्ले हिजो (शनिबार) लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत अनुत्तीर्ण भएका छन् ।
नर्सिङ तर्फको लाइसेन्स परीक्षामा एक हजार ४८३ जनाले फारम भरेका थिए। । तीमध्ये ८ जना अनुपस्थित भएका थिए ।
परीक्षामा सहभागी भएका एक हजार ४७१ जनामध्ये ८०७ जना अर्थात् ५४.८६ प्रतिशत उत्तीर्ण भएका छन् ।
यसैगरी, मिडवाइफ्रीतर्फ भने तीन जना सहभागी भएकामा सबै उत्तीर्ण भएका छन् । परिषद्ले वर्षमा तीन पटक लाइसेन्स परीक्षा लिँदै आएको छ ।
परिषद्ले उत्तीर्ण परीक्षार्थीहरूले शैक्षिक प्रमाणपत्र, नागरिकताको सक्कलप्रति, प्रवेश पत्रमा भएको फोटोको सक्कल दुई प्रति र एडमिट कार्डलिएर काउन्सिलमा सम्पर्क राख्न आग्रह गरेको छ ।
