अपहरित बालिकाको उद्धार, पाँच अपहरणकारी पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अपहरित बालिकाको उद्धार, पाँच अपहरणकारी पक्राउ


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । धनुषा प्रहरीले अपहरणमा परेकी ४ वर्षीय बालिकाको उद्धार गर्न सफल भएको छ । भने पाँच अपहरणकारीलाई पक्राउ गरेको  छ ।

पक्राउ पर्नेमा कमला नगरपालिका- ८ का अभिषेक दास छन् । अन्य चार जनाको पहिचान प्रहरीले गोप्य राखेको छ । धनुषाका प्रहरी प्रमुख डिएसपी जितेन्द्र बस्नेतले अपहरणमा संलग्न दाससहित पाँच जना पक्राउ परेको पुष्टि गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका -१६ पुलचोकबाट बिहिवार ध्रुव मण्डलकी चार वर्षीया छोरी सृष्टि मण्डल बेपत्ता भएकी थिइन् । आफ्न्तले सो क्षेत्रमा खोजे पनि फेला नपरेपछि प्रहरीलाई जानकारी गराएको थियो ।

खोजतलास गर्ने क्रममा विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरेको प्रहरीले जनाएको छ । प्रहरीले बालिका उद्धार गर्ने क्रममा पाँच राउण्ड हवार फायर समेत गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनाले आफ्ना आफ्न्तको घरमा बालिकालाई राखेका थिए । सो ठाउँबाटै ५ जना पक्राउ परेको र उनीहरु अपहरण गरी बालिकाका आफ्न्तसँग १५ लाख फिरौती समेत माग गरेको अनुसन्धानबाट खुलेको छ ।

उद्धार गरिएकी बालिकालाई स्वास्थ्य परीक्षण पश्चात प्रहरीले परिवारको जिम्मा लगाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको र उनीहरुमाथि अपहरण तथा शरिर बन्धक मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस