२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐन कानुनहरु पनि आर्थिक वृद्धिमैत्री छैनन्, सुधार्न खोज्दैछौँ : अर्थमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ऐन कानुनहरु पनि विकास तथा आर्थिक वृद्धिमैत्री नभएको बताएका छन् ।

आज (शुक्रबार)देखि काठमाडौँमा सुरु भएको अर्थशास्त्री सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले नीतिगत सुधारहरु नहुँदा पनि धेरै विकास हुन नसकेको बताएका हुन् ।

‘हाम्रो जङ्गलमा काठ कुहिएका छन्, उता विदेशबाट काठ आयात गर्नुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘जङ्गलमा कुहिन्छन् तर चलाउन पाइँदैन, हाम्रो त ऐन कानुनहरु पनि आर्थिक वृद्धिमैत्री छैनन् ।’

उच्च अङ्कको आर्थिक वृद्धिका लागि धेरै ऐन कानूनहरु सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । यसका लागि सरकार र आफू गम्भीर रहेको भन्दै ऐन नियम बदल्न सरकार लागि परेको उनले बताए ।

कतिपय देशहरुले दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गरेर निकै राम्रो अर्थतन्त्र बनाएको भन्दै अब नेपालमा पनि आर्थिक वृद्धि दोहोरो अङ्कमा वृद्धि गर्न अभियानका रुपमा अघि बढाउनु पर्ने अर्थमन्त्रीले बताए ।

‘दुई अङ्कको आर्थिक वृद्धि गर्ने घोषणासहित जानु पर्ने स्थिति आएको छ, अभियानका रुपमा लिएर जाँदा त्यो सहज पनि हुनेछ’ उनले भने ।

नेपालमा विकासका लागि अन्य देशहरुको तुलनामा सहज भएको समेत उनले बताए । विगतमा भएका कामहरुको विषयमा समीक्षा गरेर कमीकमजोरी पत्ता लगाएर अघि बढ्ने हो भने आर्थिक वृद्धिदर दुई अङ्कमा गर्न गाह्रो नपर्ने उनले बताए ।

‘६० वर्षको योजनाबद्ध विकासको समीक्षा गरौँ, हामी कहाँ पुग्यौँ ? अरु कहाँ पुगे । संरचनागत कहाँ के गर्‍यौँ ? नीतिगत के गर्‍यौँ ?, ’ अर्थमन्त्री शर्माले भने, ‘के कमजोरी गर्‍यौँ भन्ने पाठ सिकेर सुधार गर्न सकियो भने सम्भावना अपार छ, प्रकृतिले धेरै दिएको छ । डेन्टिङ पेन्टिङ मात्रै हामीले गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस