२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने बताएको छ ।

एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१ को करिब २ लाख ८ हजार र सन् २०२२ लागे यताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताए ।

‘स्मार्ट लाइसेन्स छपाइको काम पासपोर्टकै जसरी निजी क्षेत्रलाई दिन सकिन्छ भनेर विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएका छौँ,’ घिमिरेले भने, ‘नभएर विभागमा प्रिन्टिङ मेसिन, पूर्वाधार र जनशक्ति थप गरेर व्यवस्थापन गर्नुपर्छ ।’

ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको जानकारी दिँदै विभागले जेठपछि नवीकरण गर्नेहरुले एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दाबी गरेको छ । ‘शुल्क लिएर घरसम्मै डेलिभरी गरिदिन सकिन्छ भनेर हामीले मन्त्रालयमा प्रस्ताव पठाएका छौँ,’ महानिर्देशक घिमिरेले भने ।

उनका अनुसार जेठदेखि नयाँ सवारीको लाइसेन्सको आवेदन पनि खुल्नेछ । जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने बताउँदै घिमिरेले त्यसपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने बताए ।

‘अहिले दैनिक ६ हजार जना मात्रै परीक्षामा सहभागी हुँदै छन्, अब क्षमता बढाएर १५ हजार बनाउँछौँ,’ घिमिरेले भने, ‘त्यसपछि एउटा नागरिकता नम्बर भएका व्यक्तिले एक पटक मात्रै अनलाइन आवेदन भर्न सक्ने बनाएर बिचौलिया रोक्छौँ ।’ जेठपछि अनलाइनबाट नियन्त्रणात्मक व्यवस्था गरेर मात्रै लाइसेन्सको आवेदन भर्न दिइने भन्दै उनले अहिलेको भन्दा प्रभावकारी ढङ्गबाट सेवा प्रवाह दाबी गरे ।

‘आवेदन प्रणालीमा देशभरका जुनसुकै यातायात कार्यालयमा १५ दिनभित्र उपलब्ध रिक्त सिट आवेदकले हेर्न पाउने र आफ्नो पायक पर्ने कार्यालयमा आवेदन दिएर तुरुन्तै अनलाइनबाट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गर्छौँ,’ उनले भने ।

बागमती बाहेकका अन्य प्रदेशले अंकभारका आधारमा ट्रायल लिने काम सुरु गर्न लागेको भन्दै महानिर्देशक घिमिरेले यो व्यवस्था सबैतिर लागू भएपछि लाइसेन्स वितरण थप सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस