२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ विदेशमन्त्री आउँदा तमोर आयोजनाको विषय उठाउन सरकारलाई ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको विषयलाई उच्च प्राथमिकतामा राख्न सांसदहरुले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा जिल्लाका सांसदहरुले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा यो आयोजना निर्माणको विषय उठाउन परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर आज (बिहीबार) ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण बुझाउनेहरुमा ताप्लेजुङका सांसद योगेश कुमार भट्टराई, तेह्रथुमका सांसद विजय सुब्बा, पाँचथरका सांसद वसन्त कुमार नेम्वाङ, धनकुटाका सांसद राजेन्द्र कुमार राई र तेह्रथुमका सांसद एवम् स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ छन् ।

‘तमोरबाट ७ सय ६३ मेगावाट विद्युत् उत्पादन गर्न चीनका राष्ट्रपति सी चिनफिङको नोभेम्बर २०१९ मा भएको नेपाल भ्रमणका बेला लगानी बोर्ड र पावर चाइना कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताको समयमा दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरेर ८ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने भनिएको थियो । तर अहिलेसम्म लगानीको मोडल निश्चित हुन सकिरहेको छैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘मन्त्रिपरिषदबाट पारित राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक अवधारणा पत्र, २०७२ मा प्रस्तावित जलाशययुक्त आयोजनामध्ये एक रहेको यो आयोजना २०८२ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म खासै प्रगति भएको छैन ।’

प्रतिक्रिया दिनुहोस