मतदान स्थल र केन्द्रको सङ्ख्या निर्धारण भएन, सुरक्षा वर्गीकरणमा कठिनाइ « प्रशासन
Logo ५ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मतदान स्थल र केन्द्रको सङ्ख्या निर्धारण भएन, सुरक्षा वर्गीकरणमा कठिनाइ


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागी आवश्यक मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण नहुँदा सुरक्षा वर्गीकरणमा कठिनाइ भएको छ ।

२०७९ वैशाख ३० मा हुने निर्वाचन सुरक्षाका लागि प्रहरीको सङ्ख्या नपुग्ने प्रक्षेपण गरेर प्रहरी प्रधान कार्यालयले केही ठाउँमा सशस्त्र प्रहरी र सेनालाई खटाउन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । तर, निर्वाचन आयोगले केन्द्र र स्थलको सङ्ख्या निर्धारण नगर्दा प्रहरीले सामान्य, संवेदनशील र अति संवेदनशील मतदान स्थल वर्गीकरण गर्न सकेको छैन ।

निर्वाचन आयोगले चैत १३ सम्ममा मतदान केन्द्र र स्थलको सङ्ख्याबारे निर्णय गर्ने बताइएको छ । सो तथ्याङ्क आएपछि संवेदनशीलता वर्गीकरण गरेर सुरक्षा योजना तयार गरिने प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले बताए ।

२०७४ को स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदान केन्द्रमा म्यादी सहित ११ जना, संवेदनशीलमा ७ जना र सामान्यमा ५ जना प्रहरी परिचालन गरेको थियो । देशभर एकै पटक चुनाव गराउँदा सो सङ्ख्यामा प्रहरी र म्यादी नपुग्ने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ ।

यसअघिको स्थानीय निर्वाचनमा भन्दा यस पटक मतदान स्थल र केन्द्र थप्ने गरी निर्वाचन आयोगले तयारी गरिरहेको छ । आयोगका एक जना उच्च अधिकृतका अनुसार मतदान स्थल ८५ वटा र ३ हजार भन्दा बढी मतदान केन्द्र थप्ने तयारी छ । थपिएको निर्वाचन केन्द्र र स्थल निर्वाचन आयोगले चैत १३ सम्ममा सार्वजनिक गर्ने बताइएको छ ।

मतदान केन्द्र अनुसार सुरक्षाकर्मीको सङ्ख्या केन्द्रीय निर्वाचन सुरक्षा परिचालन समितिबाट निर्णय गरेर निर्धारण गरिन्छ । यसअघिको स्थानीय तह निर्वाचनमा पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिएको थियो ।

यस पटक सुरक्षा घेरा कस्तो बनाउने भन्नेबारे निर्णय भएको छैन । केन्द्रीय निर्वाचन सुरक्षा समितिको बैठकले त्यसबारे निर्णय गर्ने प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस