स्थानीयद्वारा ललितपुरको सात दोबाटो–चापागाउँ सडक बन्द « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्थानीयद्वारा ललितपुरको सात दोबाटो–चापागाउँ सडक बन्द


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । ललितपुरको सात दोबाटो–चापागाउँ सडक स्थानीयले बन्द गराएका छन् । सडकमा धुलो उडेको भन्दै स्थानीयवासी भेला भएर सडक बन्द गराएका हुन् ।

ढोलाहिटीदेखि चापागाउँसम्म एक वर्ष अघि बाटो पिच गरेर मर्मत गरे पनि धेरै खण्डमा अहिले बाटो बिग्रिएको छ । घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्याले स्थानीयवासी र सो सडक खण्डमा यात्रा गर्नेहरू हैरान छन् ।

सडक पिच गर्न माग गर्दै स्थानीयवासी सुना कोठी बालकुमारी मन्दिर सडकमै बसेपछि सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरीले जनाएको छ ।

सात दोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई वैकल्पिक रुटको रुपमा धापाखेल–सुमेरी अस्पताल–सात दोबाटो हुँदै आउ–जाउ गर्ने व्यवस्था मिलाइएको छ । जसका कारण सात दोबाटो, जेम्स स्कुल, धापाखेल क्षेत्रमा सवारी साधनको निकै चाप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस