सुनको मूल्य तोलाको रु एक लाख नाघ्यो « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य तोलाको रु एक लाख नाघ्यो


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज रु ८०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० छ । यसको मूल्य सोमबार प्रतितोला रु ९९ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार ३९५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस