निर्यातमा कीर्तिमान, ८ महिनामै १४७ अर्बको रेकर्ड  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्यातमा कीर्तिमान, ८ महिनामै १४७ अर्बको रेकर्ड 


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुन महिनामा निर्यात व्यापारमा रेकर्ड कायम भएको छ । भन्सार विभागका अनुसार इतिहासमै नेपालले सबैभन्दा धेरै रकम १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात व्यापार गरेको हो । 

गत आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबर रहेको थियो ।

गत आर्थिक वर्षमा  इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड कायम गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यातमा ४४.४३ प्रतिशतको वृद्धि भएको भन्सार विभागले जनाएको छ । 

माघ मसान्तसम्म १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालले निर्यात गरेकोमा फागुनमा आएर १६ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा छ । जुन आँकडा १४७ अर्ब भन्दा माथि पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस