२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार गुणस्तरीय शिक्षामा प्रतिबद्ध छ : मन्त्री पौडेल

अ+ अ-

गण्डक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकार गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षामा जोड दिँदै संस्थागत विद्यालयलाई गाभ्ने गरी राज्यले नीति ल्याउने तयारी गरेको जानकारी दिए ।

सङ्घीयताको मर्मअनुसार नै विद्यालय शिक्षालाई सुधार्न शिक्षक महासङ्घसँग ५१ बुँदे सम्झौता गरिएको जानकारी दिँदै मन्त्री पौडेलले यसलाई गहिरोसँग अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए । कोभिडका कारण शैक्षिक सत्र परिवर्तन नहुने स्पष्ट पार्दै उनले शिक्षा सुधार कार्यक्रमले तीन वटै तहको शिक्षालाई थप गुणस्तरीय बनाउने विश्वास व्यक्त गरे । आगामी आर्थिक वर्षदेखि एसइई परीक्षा प्रदेशबाटै सञ्चालन हुने उनको भनाइ थियो ।

गण्डकी प्रदेशका भौतिक, सहरी विकास मन्त्री कुमार खड्काले देशको शिक्षा प्रणालीमाथि नै प्रश्न उठाउँदै शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखानामा सीमित हुन नहुने बताए । प्रदेश सञ्चार, कानुन तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिँदै आइटी पार्क निर्माणको प्रक्रिया सुरु गरेको जानकारी दिए ।

प्रतिनिधिसभाका सदस्य विद्या भट्टराईले मुलुकको समग्र विकासका लागि विद्यमान शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । हीरक जयन्ती मूल समारोह समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा, पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी, शिक्षा कार्यान्वयन एकाइ प्रमुख नारायण सुवेदी, वडाध्यक्ष जीवनप्रसाद आचार्य, विद्यालयका पूर्व अध्यक्ष दानबहादुर बानिया, महेन्द्र मावि भलामका प्रधानाध्यापक बोधराज पौडेल, पत्रकार महासङ्घ गण्डकीका सचिव यदुनाथ बन्जारालगायतले शिक्षा क्षेत्रको सुधारका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिए ।

कार्यक्रममा एसइई २०७७ मा उत्कृष्ट ग्रेड ल्याउन सफल विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिनुका साथै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक सहयोग गरिदिनु हुन मन्त्रीसमक्ष प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले आग्रह गरे । कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्यसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस