बिमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बिमा कम्पनीहरूलाई निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बिमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बिमा कम्पनीहरूलाई निर्देशन


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा दाबी भुक्तानी मनोगतरुपमा नगरी तोकिएकै समयमा गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

बिमा समितिको आयोजनामा आइतबार ललितपुरमा जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बिमा दाबी भुक्तानी जानेर बुझेर पनि समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि दिन गन्ती गरेर बिमा रकमको व्याज समेत दिनुपर्ने व्यवस्था गरिने बताएका छन् ।

अध्यक्ष सिलवालले देशमा बिमा क्षेत्रको समग्र विकास एवम् विस्तारका साथै सीमितको हित रक्षा गर्नु बिमा समितिको मुख्य कार्य भएको उल्लेख गर्दै बिमा सम्बन्धी ऐन, नियम र निर्देशिका तथा बिमा समितिको निर्देशन अनुसार राम्रो काम गर्ने कम्पनीलाई प्रशंसा पत्र दिने र कानुन उल्लङ्घन गरी गलत काम गर्नेलाई भने कारबाही गरिने स्पष्ट गरे ।

कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बिमा कम्पनीहरूका लागि एकीकृत सफ्टवेयर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने बताउँदै बिमा कम्पनीका कर्मचारी, बिमा अभिकर्ता लगायतलाई सक्षम बनाउनका लागि तालिम दिन इन्सुरेन्स इन्स्टिच्युट नेपाललाई अनुमति दिइएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस