२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेसिन बनाउँदा धेरै खर्च हुने भएकाले छपाइको टेन्डर आह्वान गरिएको हो : आयोग

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले आयोगले पुरानो मेसिन बनाउँदा खर्च धेरै हुने भएकाले निर्वाचनका लागि आवश्यक सामग्री छपाइका लागि टेन्डर आह्वान गर्नुपरेको बताएका छन् ।

सोमबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शर्माले पहिलै किनेको मेसिन बिग्रिएकाले छपाइका लागि टेन्डर आह्वान गरेको बताएका हुन् ।

यसअघि खरिद गरिएको मेसिन मर्मतका लागि मात्रै डेढ करोडको खर्च निस्किएको भन्दै प्रवक्ता शर्माले त्योभन्दा छपाइका लागि टेन्डर आह्वान गर्नु नै उपयुक्त हुने भएकाले यस्तो निर्णय गरिएको बताए ।

पाँच वर्षमा एकपटकमात्र प्रयोग गर्दा मेसिन बिग्रिने समस्या भएकाले मेसिनलई नियमित रूपमा पूर्ण फेजमा सञ्चालन गर्नका लागि अब जनक शिक्षा सामग्री केन्द्र, मुद्रण विभाग र प्रज्ञा प्रतिष्ठानलाई ७४ मा खरिद गरेको मेसिन मर्मत गरेर प्रदान गर्ने सन्दर्भमा सरकारसँग आयोगले आग्रह गरेको उनले बताए ।

निर्वाचन आयोगले मतपत्रसमेत छाप्न किनिएको अत्याधुनिक छपाइ मेसिन थन्क्याएर मतदाता नामावलीसमेत छाप्न टेन्डर आह्वान गरेको छ । त्यस्तै निर्वाचनमा खटिएका कर्मचारीलाई दिने भनिएको १०० प्रतिशत भत्ताको विषयमा बोल्दै प्रवक्ता शर्माले यो विषयमा आपत्ति जनाउनुपर्ने कुरा नरहेको बताए ।

उनले भने, ‘निर्वाचनमा करिब साढे तीन महिना खटिने भएकाले १०० प्रतिशत अतिरिक्त तलब दिनु ठुलो विषय होइन । यसअघिको निर्वाचनमा खाइपाइ आएको तलबको १२१ प्रतिशत तलब थियो । यसअघिका निर्वाचनमा १४० देखि १४५ प्रतिशतसम्म अतिरिक्त तलब दिइन्थ्यो तर अहिले १०० प्रतिशत मात्र कायम गरेर आयोगले काम गर्दै छ ।’

कर्मचारीहरूले निर्वाचनको समयमा १५ घण्टासम्म काम गर्ने भएकाले उनीहरूले खटेको अनुपातमा राज्यले उपलब्ध गराएको सुविधा गैर कानुनी नभएको भन्दै उनले मिडियामा आएका सम्पूर्ण कुरा सत्य नभएको दाबी गरे ।

त्यस्तै निर्वाचनमा सहभागी सबै उम्मेदवारलाई समान मैदान उपलब्ध गराउनु आयोगको जिम्मेवारी भएको भन्दै उनले पदाधिकारीको राजीनामाको विषय कानुनतः उचित रहेको बताए ।

बहाल रहेको पदाधिकारीले राज्यको स्रोत(साधनको प्रयोग गर्न सक्ने प्रावधान रहेकाले संविधानको धारा ३०६ मा पारिश्रमिकको परिभाषामा सुविधासमेत राखिएकाले राजीनामा गरिने व्यवस्था गरिएको उनले बताए । उनले भने, ‘७४ सालमा पदाधिकारी थिएनन्, त्यसैले लागू भएन । अहिले पदाधिकारी भएकाले यो लागू हुने भएको हो । कानुनी व्यवस्थालाई मध्यनजर गरेरै यो व्यवस्था लागू गर्ने निर्णय गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस