बालयौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बालयौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ


७ चैत्र २०७८, सोमबार


पक्राउ

चितवन । बालयौन दुर्व्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोमेश्वर माध्यमिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् ।

माडी नगरपालिका–५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनलाई कक्षा ९ मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

पक्राउ परेका शिक्षकमाथि अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस