निर्वाचन आयोग निष्पक्ष भएन : ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन आयोग निष्पक्ष भएन : ओली


६ चैत्र २०७८, आइतबार


मङ्गलबारे । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।
मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उनले विरोध गरे । हरियो रङ रुख जस्तो हुने र काँग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘काँग्रेसको चुनाव चिह्न रुख किन हरियो हुने ?’ इलामको सूर्योदय नगरपालिका नगर कमिटीको आयोजना र एमाले जिल्ला कमिटीको व्यवस्थापनमा भएको जनसभामा बोल्दै एमालेको लोकप्रियताप्रति अन्य दलहरू डराएको टिप्पणी गरे ।

फिक्कल चोक बजारमा भएको कार्यक्रममा एमाले जनताको पार्टी भएको उनको भनाइ छ । एमाले सरकारमा हुँदा शिक्षा, स्वास्थ्य, सडक क्षेत्रको विकासमा राम्रो काम गरेकाले एमाले सबै विकास गरिसक्छ भनेर अन्य दल डराएको उनको भनाइ छ ।

एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेमा जनताको लहर चलेको दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस