चरित्र हत्या गरेको आरोपमा एक युट्युबर पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

चरित्र हत्या गरेको आरोपमा एक युट्युबर पक्राउ


६ चैत्र २०७८, आइतबार


पक्राउ

काठमाडौँ । युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सेलेब नेपाल र एवान मिडिया च्यानलमार्फत भ्रामक र अनर्गल वक्तव्य बाजी गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सुनसरीको बराह क्षेत्र नगरपालिका–३ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–१० कि ३० वर्षकी शर्मिला वाइबालाई पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा ४ चैतमा चितवनबाट पक्राउ गरेको साइबर ब्युरोले जनाएको छ । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौँबाट अनुमति पनि लिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस