अख्तियारद्वारा सामुदायिक वनका २ जना सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अख्तियारद्वारा सामुदायिक वनका २ जना सचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले दिपक थापा मगरसँग २ लाख ९३ हजार ३७२ रुपैयाँ ५१ पैसा र जनक थापासँग ७० हजार ८५ रुपैयाँ ३८ पैसा बिगो दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सुनसरीको साबिक वराहक्षेत्र गाविस वडा नं। ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहको सचिव रहँदा थापाद्वयले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्यधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम अधिकतम सजाय माग गरिएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस