सिंहदरवारमा हेल्थ डेस्क सञ्चालन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारमा हेल्थ डेस्क सञ्चालन


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । सिंहदरवार परिसरभित्र आजदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकारका मुख्यसचिव शङ्कर दास वैरागी र वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भूपेन्द्र बस्नेतले सिंहदरवारभित्र हेल्थ डेस्क उद्घाटन गरेका हुन् ।

सात हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौँ सेवाग्राही पुग्ने प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा वीर अस्पतालले हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको पूर्वी प्रवेशद्वार सँगै साबिक राष्ट्रिय पुनः निर्माण प्राधिकरण रहेको भवनबाट हेल्थ डेस्क सेवा सुरु भएको छ । डेस्कमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वीर अस्पतालका दुई चिकित्सक र ३ जना स्वास्थ्यकर्मीबाट सेवा प्रदान हुने जनाइएको छ । हेल्थ डेस्कमा अक्सिजनसहित बेड, स्वास्थ्य परीक्षण, ब्लड प्रेसर, सुगर, ड्रेसिङ लगायत जाँच गरिने अस्पतालले जनाएको छ ।

एम्बुलेन्स, स्वास्थ्य परामर्श दिँदै आवश्यक औषधिसमेत दिइने अस्पतालले जनाएको छ । सिंहदरवार हेल्थ डेस्कका प्रमुख वरिष्ठ स्वास्थ्यकर्मी दीपक मुडभरीकाअनुसार प्रधानमन्त्री कार्यालयको निर्माण कार्य सम्पन्न भएपछि कार्यालयकै पश्चिम भागको भुईँ तल्लामा सुविधा सम्पन्न हेल्थ डेस्क र एम्बुलेन्स सहित सञ्चालन गरिने तयारी गरिएको छ ।

यसअघि २०७४ सालमा स्थापना गरिएको हेल्थ डेस्क कोरोना महामारीका कारण बन्द भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस