न्याय सेवा आयोगको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्याय सेवा आयोगको बैठक बस्दै


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (आइतबार) न्याय सेवा आयोगको बैठक बोलाएका छन् ।

नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाएका हुन् ।

आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार अपराह्न २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।

आइतबारको बैठकमा लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृतहरु तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाहरुको पदस्थापन मुख्य एजेन्डाका रुपमा रहेको छ ।

त्यसै गरी न्याय सेवाका केही कर्मचारीहरुलाई सरुवा गर्ने एजेन्डासमेत रहेको बताइएको छ ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मिरा खड्का, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस