पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु


६ चैत्र २०७८, आइतबार


काठमाडौं । पर्साको ठोरी गाउँपालिका-३ मा आज (आइतबार) बिहान टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

टेम्पोमा सवार अन्य २ जना घाइते भएका छन् ।

रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ह ६२८ नम्बरको टेम्पो आज बिहान साढे ३ बजे दुर्घटना हुँदा पर्साको ठोरी गाउँपालिका-४ का अन्दाजी ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ठोरी-३ का खेल बहादुर विश्वकर्मा र विजय सुनार सामान्य घाइते छन् । उनीहरुको स्थानीय मेडिकल उपचार गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस