भारत र जापानका प्रधानमन्त्री बीच भेटवार्ता, आर्थिक र सांस्कृतिक सम्बन्धमा जोड « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भारत र जापानका प्रधानमन्त्री बीच भेटवार्ता, आर्थिक र सांस्कृतिक सम्बन्धमा जोड


६ चैत्र २०७८, आइतबार


नयाँ दिल्ली । भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

दुई देशबीचमा आर्थिक तथा सांस्कृतिक सम्बन्ध र सहकार्य वृद्धि गर्न भेटवार्ता उपलब्धिमूलक भएको दुवै देशका अधिकारीहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालयको आधिकारिक ट्विटर हेण्डलमा देखिएको छ, ‘प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री किशिदाबीच भएको भेटवार्ता दुई देशको मित्रता बढाउन फलदायी भएको छ ।’

यूक्रेनमाथी रुसले आक्रमण गरेपछि पहिलो पटक भएको उनीहरुको भेटवार्ताका क्रममा युक्रेन सङ्कटको बारेमा समेत कुराकानी भएको अनुमान गरिए पनि यस बारेमा केही बताइएको छैन ।

पश्चिमी देशले युक्रेनमा आफ्नो सैन्य कारबाहीका लागि रुसमाथि प्रतिबन्ध लगाएका बेला प्रमुख तेल उपभोग गर्ने देशले यसमाथि नजिकबाट नजर राखिरहेका बेला किशिदाको भारत भ्रमणलाई अत्यन्त महत्त्वका साथ रूपमा हेरिएको छ ।

आफ्नो दुई दिने भारत बसाइका क्रममा जापानका प्रधानमन्त्री किशिदा १४औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनले दुवै पक्षलाई विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको समीक्षा र सुदृढीकरणका साथै इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थायित्व र समृद्धिका लागि आफ्नो साझेदारीलाई अगाडि बढाउन पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दामा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस