अबको निर्वाचनमा माधवहरू समाप्त हुन्छन् : अध्यक्ष ओली « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

अबको निर्वाचनमा माधवहरू समाप्त हुन्छन् : अध्यक्ष ओली


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले काँग्रेस/माओवादीलाई भोट नहाल्ने दाबी गरेका छन्। उनले सत्तारूढ दलहरूले चेताइसकेका हुनाले युवाहरूले पनि भोट नदिने दाबी गरे।

ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाइदिएको र माधव नेपालहरू अबको निर्वाचनपछि समाप्त हुने दाबी समेत गरेका छन् ।

उनले भने, ‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही। अहिले चौथो पार्टी हो एमाले संसद्मा ? संसद्मा एमालेसँग ९८ सिट छ। अरूको धेरै भएकाको पनि ६१ सिट छ। कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसीदिएको जुँगामा ताउ लाउँछ । त्यस कारण म साथीहरूलाई भन्न चाहन्छु, यो गठबन्धन केही होइन। बुढो काँग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन ? काँग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ, लाग्नुस् तपाईँहरू।’

ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब हट्नु नपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस