आगामी निर्वाचनमा ओलीले सबैभन्दा ठुलो सजाय पाउनुपर्छ : झलनाथ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

आगामी निर्वाचनमा ओलीले सबैभन्दा ठुलो सजाय पाउनुपर्छ : झलनाथ


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सजाय पाउनुपर्ने बताएका छन् ।

नेकपा एसको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै खनालले केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद् विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठुलो सजाय दिनुपर्ने बताए ।

उनले भने, ‘आगामी निर्वाचनमा ओलीले सबैभन्दा ठुलो सजाय पाउनुपर्छ । उनको बाकसमा जिरो मत पाउनुपर्छ । तब मात्र नेपाली जनताले सही ढङ्गले संविधानको रक्षा गरेको ठहर हुन्छ ।’

कम्युनिस्टको बहुमत रहेको स‌सदबाट जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरू ल्याउन सकिने भन्दै खनालले त्यस्तो संसद् विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस