प्युठानबाट दाङ आउँदै गरेको बस दुर्घटना, २० जना गम्भीर घाइते « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्युठानबाट दाङ आउँदै गरेको बस दुर्घटना, २० जना गम्भीर घाइते


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । प्युठानबाट दाङ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताए।

‘दुर्घटना साढे १२ बजेतिरको हो र अहिले पनि स्थानीय तथा प्रहरी मिलेर उद्धारको कार्य जारी छ,’ डिएसपी थापाले भने।

प्युठानको अरङखोला ढिका वनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिवार मध्याह्न दुर्घटना भएको हो।

दुर्घटनाका घाइतेलाई उद्धार गरी स्वास्थ्य चौकीमा पुर्‍याउने कार्य जारी रहेको डिएसपी थापाले बताए। दुर्घटनाको कारण खुल्न सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस