जनकपुर क्षेत्रमा आज होली मनाइँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनकपुर क्षेत्रमा आज होली मनाइँदै


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा रङ्गहरूको महापर्व होली होली मनाइँदै छ । पहाडी जिल्लाहरूमा बिहीबार र जनकपुरधाम बाहेक मधेसका जिल्लाहरूमा शुक्रबार होली मनाइएको छ ।

तर शुक्रबार १५ दिने मिथिलामा माध्यमिकी परिक्रमा समापन भएकाले जनकपुरधाम क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै छ ।

परिक्रममा श्रद्धालु आउने भएकाले जनकपुरधाम क्षेत्रमा स्थानीय प्रशासनले बिहीबार र शुक्रबार सूर्योदयदेखि सूर्यास्तसम्म माँस–मदिरा खरिद विक्री र सेवनमा प्रतिबन्ध लगाएको थियो ।

त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भीष्म भएकी थिइन् । त्यसैले असत्यमाथि सत्यको विजय भएको सम्झनामा हरेक वर्ष फागुन पूर्णिमाको दिन होली मनाउने चलन छ ।

नारद पुराण र भविष्य पुराणमा होलीको महत्त्व अनि चलनको चर्चा गरिएको छ, भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पूतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको थियो । यसरी पूतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रङ्गिन उत्सव मनाइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस