बागबजारमा कुटेर एक युवकको हत्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागबजारमा कुटेर एक युवकको हत्या


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । काठमाडौँको बागबजारस्थित भक्तपुर बसपार्कमा कुटेर युवकको हत्या गरिएको छ । चैत ३ मा ५–६ जनाको समूहले कुटेर खोटाङ घर भएका २९ वर्षीय रोशन राईको हत्या गरेका हुन् ।

सार्वजनिक शौचालयमा पैसा उठाउने रोशन र अर्को एक जना युवकको बिचमा सुरुमा झगडा भएको थियो । झगडा गर्ने युवकले आफ्नो समूह बोलाएर रोशनलाई मरणासन्न हुने गरी कुटेका थिए ।

उपचारको क्रममा रोशनको शुक्रवार ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । हत्यामा संलग्न युवकहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस