२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजार नयाँ कोरोना सङ्क्रमित

अ+ अ-

हनोई । भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिने गरेको पाइएको छ ।

सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार भियतनाममा पछिल्लो २४ घण्टामा एक लाख ६३ हजार १७४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

ती मध्ये एक लाख ६३ हजार १६५ जना आन्तरिक रूपमै सरेर सङ्क्रमित भएका हुन भने नौ जना मात्रै देश बाहिरबाट सङ्क्रमित भएका हुन ।

नयाँ सङ्क्रमितहरूको देशभरका ६२ ठाउँका रहेका छन् ।

कोरोनाभाइरसको महामारीको मुख्य केन्द्र भने राजधानी हनोई नै भएको छ । नयाँ सङ्क्रमित मध्ये २३ हजार ५७८ जना त हनोईमा मात्रै भेटिएका हुन ।

त्यसपछि दोस्रो धेरै सङ्क्रमित एनघे प्रान्तमा रहेका छन् । जहाँ पछिल्लो एक दिनमा नौ हजार ९८६ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरी अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ७३ लाख ६७ हजार ११२ पुगेको छ । ती मध्ये ४१ हजार ७४० जनाको मृत्यु भएको छ ।

दक्षिण पूर्वी एसियाली यस मुलुकमा कुल सङ्क्रमित मध्ये ३८ लाख ६१ हजार ९५९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

देशभरी खोप अभियान तीव्र रुपमा चलाइएको र महामारी न्यूनीकरणका अन्य उपायहरू समेत अपनाइएको भएपनि सङ्क्रमितहरूको सङ्ख्या भने तीव्र रुपमा बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस